२० माघ २०७९, शुक्रबार

काठमाडौं । नेपाल प्रहरीका एक सय ५० प्रहरी नायब उपरीक्षक (डिएसपी) र ९५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक धीरजप्रसाद सिंहको आजको निर्णयअनुसार उनीहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले यसअघि केही प्रहरी नायब उपरीक्षक (डिएसपी) र प्रहरी उपरीक्षक (एसपी)लाई काज सरुवासमेत गरेको थियो ।

LIVE TV