१९ माघ २०७९, बिहीबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २ दिनको समय मागेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ ।

रास्वपाका प्रवक्ता मुकुल ढकालका अनुसार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले दुई दिनको समय मागेपछि तत्काल सरकारबाट नहट्ने निर्णय भएको हो ।

बिहीबार रास्वपाको केन्द्रीय कमिटीको बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले पार्टी सभापति रवि लामिछानेलाई फोन गरेर दुई दिनको समय मागेका थिए । दुवैको फोनपश्चात् रास्वपाले तत्काल पार्टी सरकारबाट नहट्ने जानकारी दिएको छ ।

रास्वपाको मुख्य माग गृह मन्त्रालयमा पार्टी सभापति रवि लामिछानेलाई नै पुनः नियुक्त गर्न रहेको छ । र, उक्त माग सम्बोधन गर्नका लागि रास्वपाले सरकारलाई २ दिनको समय सीमा तोकेको छ ।

 

 

LIVE TV