
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आज सम्मका लागि मात्रै भएको बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले आफ्नो मौनता आजसम्मको मात्रै भएको उल्लेख गरेका छन् ।
उनले आफूलाई भन्न, गर्न र लेख्न बाँकी केही भए भनिहाल्न, गरिहाल्न र लेखिहाल्न आगूह समेत गरेका छन् ।
‘अब मलाई भन्न, गर्न र लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला,’ उनले भनेका छन्, ‘मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’
गृहमन्त्रबाट बर्खास्त भएयता मौन रहेका लामिछानेले लामोसमयपछि आफ्नो अभिव्यक्ति जाहेर गरेका हुन् ।
यसअघिसम्म हरेक विषयमा आफ्नो धारणा राखिहाल्ने गरेका सभापति लामिछाने पछिल्लो समय मौन रहँदै आएका थिए ।
उनी नागरिकता विवादको मुद्धामा सार्वोच्च अदालतबाट दोषी ठहरिएका थिए ।