
काठमाडौं । एलआरआई स्कुलले आयोजना गरेको बास्केट बल तथा फुटसल फेस्ट २०७९ को आज पाचौँ दिन रहेको छ ।
विद्यालय हाता भित्रै आयोजना भइरहेको प्रतियोगितामा बास्केट बलतर्फ १६ र फुटसल तर्फ १० टोलीको सहभागिता रहेको थियो ।
एलआरआई बास्केट बल तथा फुटसल फेस्ट २०७९ को भोली हुने सेमीफाइनलका लागि बास्केट बल र फुटसल दुबै तर्फका अन्तिम ४ टोलीको टुंगो लागेको छ ।
बास्केटबल तर्फको क्वाटरफाइनलमा एलआरआई र पुष्प सदन भिडेका थिए । विजयी एलआरआईले ४३ स्कोर गर्दा पुष्पसदनले ४२ स्कोर गरेको थियो ।
यस्तै, सीसीआरसी र ओमेगाको खेलमा ६७ स्कोर गरेको सीसीआरसीले जितहातपार्दै सेमीफाइनलको यात्रा तय ग-यो ।
यस्तै नभोदित र सामाखुसी विद्यालयबिच भएको खेलमा नभोदित विजयी भएको छ । नभोदितले ४५ स्कोर गर्दा सामाखुसी विद्यालयले ३४ स्कोर गरेको थियो ।
क्वाटर फाइनलको अन्तिम खेलमा टाइम्स कलेज विजयी भएको छ । टाइम्सले ६० स्कोर गर्दा ग्लोबलले ४५ स्कोर गरेको थियो ।
१० टोलीले प्रतिस्पर्धा गरेको फुटसलतर्फ केसी सीएस, ट्रिटन, पुष्प सदन र ह्वाइट हाउसले सेमीफाइनलको यात्रा तय गरेका छन् ।
भोली फुटसल र बास्केटबलका सेमीफाइनल खेलहरु हुनेछन् । सेमीफाइनल खेलहरुमा विजयी हुने टोलीले भने फाइनलमा स्थान सुनिश्चत गर्नेछन् ।