१८ माघ २०७९, बुधबार
  • युवराज आचार्य

झापा । समुदायस्तरमा साना तीना विवादहरू समयमा नै मिलाउन नसक्दा ठुला समस्या उत्पन्न भएको भन्दै झापाको मेचीनगर नगरपालिकाले आधारभूत तालिम दिन थालेको छ ।

आफ्नो नगरभित्र चुस्तदुरुस्त न्याय सम्पादनका लागि आधारभूत तालिमको आयोजना गरी नगरपालिकाले समुदायस्तरमा नै न्याय सम्पादनका लागि दक्ष जनशक्ती उत्पादन गर्न शुरु गरेको हो ।

मेचीनगरले आयोजना गरेको ८ दिवसीय मेलमिलाप सम्बन्धि आधारभूत तालिमले आफुहरुलाई समुदायस्तरमा न्याय सम्पादन गर्न थप सहयोग पुगेको तालिममा सहभागी प्रशिक्षार्थीहरुले बताएका छन् ।

मेचीनगर नगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०७९\०८० को साउन १ गतेदेखि २०७९ माघ मसान्तसम्ममा विभिन्न प्रकृतिका ६३ वटा मुद्दा दर्ता भएका छन् ।

न्यायिक समिति संयोजकका अनुसार सबैभन्दा बढी जग्गा लेनदेन सम्बन्धिका ३४ वटा निवेदन छलफलका लागि दर्ता भएका छन् ।

पालिकास्तरमा नगरपालिकाको न्यायिक समितिले आयोजना गरेको मेलमिलाप सम्बन्धि आधारभूत तालिमले समाजमा ससाना विवाद र समस्या निराकरण गर्न टेवा पुग्ने विश्वास गरिएको छ ।

यस्ता तालिमले नगरपालिकाका १५ वटै वडामा गठित मेलमिलाप समितिलाई न्याय सम्पादनमा सहज हुने विश्वास गरिएको छ ।

LIVE TV