
काठमाडौं । पछिल्ला वर्षहरुमा साइबर सुरक्षा चुनौति दिन प्रतिदिन बढिरहेको छ । अझ नेपालका सन्दर्भमा कुरा गर्दा त ह्याकरहरू निकै सक्रिय हुने गरेका छन् । सरकारी वेब साइटहरूनै बारम्बार ह्याक भईरहन्छन् ।
शनिबार पनि ‘जिओभी डट कम डट एनपी’ सर्भर भएका सबै साइट ह्याकको निसानामा परेपछि बन्द भए । जसले गर्दा सरकारी सेवा मात्रै होइन, अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित हुन पुग्यो ।
यसले सूचना तथा सञ्चार प्रविधिमा हाम्रो कमजोरीको धरातल उजागर गरेको मात्रै छैन, नेपालको साइवर सुरक्षामा समेत प्रश्न उठेको छ ।
शनिबार करिब चार सय सरकारी वेबसाइट डाउन भए । लगभग मुलुकै ठप्प हुने गरी सरकारी अनलाइन प्रणाली पाँच घण्टासम्म अवरुद्ध भयो ।
मध्यान्न साढे १२ बजेदेखि बेलुका साढे पाँच बजेसम्म जी ओभी डटकम डटएनपी सर्भरका वेबसाइट नचल्दा सेवाग्राही मारमा परे ।
यही कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भयो । अध्यागमनका र्यालयले यात्रुलाई भिसा सेवा दिन प्रस्थान विन्दुमा राखेका १४ र आगमन विन्दुमा राखेका २२ वटा कम्प्युटरबाट काम हुन सकेन ।
जसले गर्दा अन्तर्राष्ट्रियतर्फ हजारौंको यात्रा अलपत्र परे । विदेशबाट आएकाहरू घण्टौँसम्म अध्यागमनमै रोकिए । सञ्चार मन्त्रालय मातहत रहेको सरकारको एकीकृत डेटा केन्द्र (जिआइडिसी)मा डिनायल अफ सर्भिस अट्याक हुँदा सरकारका सबै वेबसाइट डाउन भएको हो ।
राहदानी विभागको वेबसाइटमा समस्या आएको एक महिना नपुग्दै सरकारको डेटा केन्द्र साइबर आक्रमणमा परेको हो ।
यसले एकातर्फ जनताले असुरक्षित महसुस गरेका छन् । अर्कातर्फ अन्तर्राष्ट्रिय समुदायमा हाम्रो छविलाई धमिलो पारिदिएको छ ।
‘डिजिटल नेपाल’को परिकल्पना गर्दैगर्दा, इन्टरनेटमा पहुँच सजह हुँदै गर्दा आर्थिक उद्देश्यले मात्र नभई सरकार लक्षित र अत्यन्तै संवेदनशील सेवादिने वेबसाइटका ेह्याकले गम्भीर प्रश्न उठाएको छ ।
जिम्मेवार नेतृत्व तथा अधिकारीहरूको चरम बेवास्ता र खेलाँचीका कारण अनलाइन प्रणाली यो हदसम्म नाजुक बन्न पुगेको हो ।
साइबर सुरक्षा प्रणालीलाई बलियो बनाउन अब पनि ध्यान नपु¥याइए भविष्यमा थप ठूलो जोखिम निम्तिन ेदेखिन्छ ।
कतिपयले त यस्तो दयनीय अवस्था आउनुका पछाडि राजनीतिक नेतृत्व र सरकारी कर्मचारीहरूमा साइबर सुरक्षाप्रतिको उदासीनता, ढिलासुस्ती र उनीहरूमा भएको अज्ञानता नै हो भनि टिप्पणी समेत गरेका छन् ।
सरकारी सर्भरमाथि बारम्बार हुने आक्रमणले नेपालको साइबर सुरक्षाका पूर्वाधार माथिनै प्रश्न उठेको छ ।
त्यसैले उक्त घटनालाई सामान्य ठानेर त्यतिकै सेलाउनदिनुहुँदैन । हाम्रो कमजोरी पहिल्याएर तत्काल सुधार गर्नुपर्छ ।
आगामी दिनमा यस्ता घटना नहुने गरी तयारी अवस्थामा बस्नुपर्छ । विश्वव्यापी रूपमै प्रविधिको प्रयोग बढ्ने क्रममा रहेको अवस्थामा नेपालले पनि समय सापेक्ष नीति तर्जुमा गर्नुपर्छ ।