१८ माघ २०७९, बुधबार
  • ज्योति कुमार पन्थी

बर्दिया । बर्दियाको सदरमुकाम गुलरियालाई बाढीबाट जोगाउन स्थापना गरिएको बबई भादा औराही नदी ब्यवस्थापन आयोजनामा बजेट अभाव हुँदा काम प्रभावित हुने अवस्थामा पुगेको छ ।

आयोजनाका लागि निकासा भएको ३० करोडबाट घटेर १७ करोड रुपैया चालु आर्थिक बर्षको ६ महिनामा नै बजेट सकिने अवस्थामा पुग्दा आयोजनाका लागि आर्थिक संकट पर्न थालेको हो ।

बर्दिया जिल्लाको सदरमुकाम गुलरिया नगरपालिकालाई बाढीबाट जोगाउनका स्थापना गरिएको बबई भादा औराही नदी ब्यवस्थापन आयोजनामा आर्थिक संकट पर्न थालेको छ ।

आर्थिक बर्ष ०७९\०८० का लागि सरकारले ३० करोड रुपैया सुनिश्चिता गरिएको भएपनि प्राप्त बजेट ६ महिनामै सकिने अवस्थामा पुगेको हो ।

कार्यालयले नदी ब्यवस्थापनको कामका लागि तत्कालै गुलरिया नगरपालिका ४ स्थित रामपुर टापु, वडा नं. ८ को पशु हाटबजार, थपुवा र गौरीमा ठेक्का प्रकृया मार्फत काम गराईरहेको छ भने कतिपय स्थानमा बजेट अभाव हुने समेत देखिएको छ ।

बर्षौदेखि आफनो घरखेत बगाउँने चिन्तामा रहेका गुलरियाबासीलाई कार्यालयमा बजेट अभावले काम प्रभावित हुने हो भन्ने थप चिन्ताले सताएको छ ।

सधै जसो कार्यालयले मागेको बजेट समयमा नदिने र दिए पनि आधा दिने गरेका कारण काम प्रभावित हुने हो कि भन्ने आशंका स्थानीयको छ ।

५ बर्ष भित्र गुलरियाको पण्डितपुरदेखि नेपाल भारत सिमानाको रत्नापुर सम्म २८ किलोमिटर नदी ब्यवस्थापनको काम गर्न भन्दै पाँच वर्षअघि कार्यालय खुलेको थियो । तर समयमा काम हुन नसक्दा कार्यालयको समय समेत थप गरिएको छ ।

यस बर्ष कार्यालयलाई अपुग हुने देखिएको करिव २२ करोड रुपैया बिभागसँग माग गरिएको छ ।

बाईट ३ अनुभव चौधरी, आयोजना प्रमुख, बबई भादा औराही नदी ब्यवस्थापन आयोजना नदी ब्यवस्थापनका लागि भनेर स्थापना गरिएको कार्यालयमा समेत आवश्यक बजेट सरकारले उपलब्ध गराउँन सकेको छैन ।

LIVE TV