१८ माघ २०७९, बुधबार

काठमाडौं । विद्युतीय कारोबारमा जोड दि“दै आएको नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, क्यूआर कोडलगायतका विद्युतीय भुक्तानीबाट हुने कारोबारको सीमालाई बढाएको छ ।

राष्ट्र बैंकले मंगलबार ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै उक्त सीमा बढाएको हो ।

राष्ट्र बैंकले मोबाइल बैंकिङ (क्यूआर कोडसमेत)बाट प्रतिदिन ३ लाख रुपिया“सम्म कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यसअघि प्रतिदिन २ लाख रुपिया“सम्म कारोबार गर्न सकिने व्यवस्था थियो ।

त्यस्तै, बैंक खाताबाट वालेटमा प्रतिदिन २ लाख रुपिया“सम्म रकम पठाउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यसअघि प्रतिदिन ५० हजार रुपिया“सम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेको थियो ।

साथै, वालेटबाट बैंकको खातामा पनि प्रतिदिन २ लाख रुपिया“सम्म पठाउन सकिने भएको छ ।

यसअघि प्रतिदिन १ लाख रुपिया“ मात्रै पठाउन सकिन्थ्यो । प्रतिमहिना १० लाख रुपिया“सम्म गर्न सकिने कारोबारको सीमा भने यथावत रहेको छ ।

यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

LIVE TV