१७ माघ २०७९, मंगलवार

काठमाडाैँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रिय कार्यालयमा बस्ने जनाइएकाे छ ।

हिजाे सोमवारबाट शुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ । साथै भाेलि बुधबारका लागि पार्टीकाे स्थायी समिति बैठक पनि बाेलाइएकाे छ ।

LIVE TV