१६ माघ २०७९, सोमबार

काठमाडौं । मन्त्रालय र मातहत निकायको कामलाई प्रभावकारी बनाउने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पूर्वसचिवहरुसँग छलफल गरेका छन्।

मन्त्रालयमा आज भएको छलफलमा उनले पर्यटन एवं हवाई क्षेत्रको विकास एवं सम्वद्र्धनका विषयमा पूर्वसचिवहरूको रायसुझाव लिए।

बैठकमा पूर्वसचिवहरूको आफ्नो कार्यकालमा बाँकी रहेका अधुरा अविनाशी छाप र अनुभव, बाँकी रहेका अधुरा सपना, वतर्मान हाम्रो स्थिति र भावी दिनमा हामी के गर्न सक्छौँ भन्ने एजेन्डामा छलफल भएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, शङ्करप्रसाद अधिकारी, मोहनकृण श्रेष्ठ, महेश्वर नेउपाने लगायतका पूर्वसचिवहरूले आफ्नो अनुभव र सुझाव राखेका थिए । अधिकांश सचिवहरूले नेपाल वायुसेवा निगमलाई कम्पनीमा रुपान्तरण गर्नुपर्ने लगायतका सुझाव राखेका थिए । आगामी दिनमा पनि फेरि बैठक बसेर उहाँहरूको अनुभव सुन्ने मन्त्री किरातीले बताए।

LIVE TV