१६ माघ २०७९, सोमबार

काठमाडौँ । समाजवादी विद्यार्थी युनियनले आगामी चैत्र ५ मा हुने स्ववियु निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा लागू गर्ने सम्झौता कार्यान्वयन गर्नुपर्ने प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डसमक्ष ज्ञापन पत्र बुझाएको छ ।

युनियनले विगतमा विद्यार्थी संगठनहरुसंग भएको सम्झौता लागू गर्नुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो । त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दहालले यस विषयमा आफू सकारात्मक रहेको भन्दै उपकुलपति संग चाँडै छलफल गर्ने र निकाश दिने प्रतिकृया दिए ।

करिब एक दशक भन्दा अघि नेपाल विद्यार्थी, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन लगायत विद्यार्थी संगठनहरु र त्रिभुवन विश्वविद्यालयबीच सम्झौतामा अर्को पटक हुने स्ववियु निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मार्फत गर्ने उल्लेख छ ।

मिनी संसद् निर्बाचनको रुपमा चिनिने स्ववियु निर्वाचन त्रिविले आगामी चैत्र ५ गते मिति समेत तोकिसकेको छ ।

देशको संसदीय निर्वाचननै समानुपातिक समावेशी निर्वाचन प्रणाली अपनाइ सकेको अवस्थामा यसभन्दा पछि हटेर गरिने निर्वाचन कुनै हालतमा मान्य नहुने र जसको लागि जस्तोसुकै संघर्ष गर्ने केन्द्रीय सचिव शेरिहाङ लिङदेनले बताए ।

LIVE TV