
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।
आइतबार साँझ प्रधानमन्त्री प्रचण्डलाई भेट्न लामिछाने बालुवाटारस्थित सरकारी निवास पुगेका हुन् ।
नागरिकता पाएपछि पुनः राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनेका लामिछानेले प्रक्रियागत रुपमा अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता नलिएको भन्दै शुक्रबार सर्वाेच्च अदालत दोषी ठहर गरेको थियो ।
दोषी ठहर भएपछि लामिछानेको उपप्रधान तथा गृहमन्त्रीसँगै सभापति पद पनि गुमेको थियो । लामिछाने पुनः पार्टीको सभापति बनेपछि आइतबारै रास्वपाको केन्द्रीयको बैठक बसेको थियो । बैठकपश्चात् रास्वपाका महामन्त्री मुकुल ढकालले गृह मन्त्रालयका विषयमा निर्णय अधिकार रास्वपाको रहेको बताएका थिए ।