
काठमाडौं । गृह मन्त्रालयको कस्ले सम्हाल्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले त्यो निर्णय गर्ने अधिकार केवल रास्वपाको रहेको बताएको छ ।
आइतबार केन्द्रीय समितिको बैठकपश्चात् पत्रकारहरुसँगको कुराकानीमा रास्वपाका महामन्त्री मुकुल ढकालले गृह मन्त्रालयका विषयमा निर्णय अधिकार रास्वपाको रहेको बताएका हुन् ।
उनले पत्रकारहरुसँग भने, ‘अहिले देखिएको समस्या हाम्रो हो र हामीले समाधान गरिसकेको अवस्थामा गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवारी हो । निर्णय गर्ने अधिकार पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै छ ।’
गृहमन्त्रीको विषयमा पार्टी सभापति रवि लामिछाने सत्तागठबन्धन दलसँग भेटेर कस्लाई गृहमन्त्री बनाउने भन्ने विषयमा छलफल गर्ने पनि महामन्त्री ढकालले बताए । उनका अनुसार सत्तागठबन्धन दलका शीर्ष नेतालाई भेटेर गृहमन्त्रीको बन्ने टुंगो लगाइनेछ । त्यो जिम्मा पार्टी सभापति लामिछानेलाई रहेको पनि उनले बताए ।