
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट विधिवत् ढंगले नेपाली नागरिकता पूर्ण रुपमा पाएसँगै रवि लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति बनेका छन् ।
आइतबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले लामिछानेलाई पुनः सभापतिको बनाएको हो ।
शुक्रबार लामिछानेले प्रक्रियागत ढंगले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता नलिएको भन्दै सर्वाेच्च अदालतले लामिछानेलाई दोषी ठहर गरेको थियो । तर, आइतबार लामिछानेले प्रक्रिया पुर्याएर नागरिकता लिएका छन् ।
शुक्रबार सर्वाेच्चको फैसलाले लामिछानेको उपप्रधान तथा गृहमन्त्री पदसहित रास्वपाको पद गुमेको थियो । तर, आइतबार जिल्ला प्रशासनबाट नागरिकता लिएसँगै सभापति पदको जिम्मेवारी पाएका छन् ।
चितवन २ बाट प्रतिनिधिसभा निर्वाचन जितेको उक्त ठाउँमा उपनिर्वाचन हुने भनिएको छ ।