१५ माघ २०७९, आईतवार

काठमाडौं । पछिल्लो समय भारतीय चलचित्र बाहुबलीका ‘कटप्पा’ देखि ‘ध्रुवे हात्ती’ को संज्ञा दिइएका काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’विरुद्ध अहिले माइतीघरमा प्रर्दशन भइरहेको छ ।

सुकुम्बासी बस्ती हटाउने मेयर बालेनको आतंकविरुद्ध अहिले माइतीघरमा कुनै समयका सहयात्री सुमन सायमी छातीमा विरोध प्रदर्शनको प्ले कार्ड टाँसेर माइतीघरमा उभिएका छन् ।

मेयर सायमीसँगै काठमाडौंका सुकुम्बासीले महानगरले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन गरिरहेका छन् । ‘डोजर आतंक बन्द गर,’ ‘सडक बिस्तारको नाममा उठिबास गर्न पाउँदैन,’ ‘उठिबास गर्ने विकास चाहिँदैन,’ भन्ने लगायत प्लेकार्ड बोकेर माइतीघरमा प्रदर्शन भइरहेको छ ।

महानगरले सार्वजनिक मात्र नभई व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै धेरैले विरोध प्रदर्शन गरिरहेका छन् ।

 

LIVE TV