
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता प्राप्त गरेका रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति बनाउने तयारी गरिएको छ ।
नेपालस्थित अमेरिकी दूतावासमा अमेरिकी नागरिकता त्यागे पनि जिल्ला प्रशासनबाट पुनः नागरिकता लिनका लागि प्रक्रिया पूरा नगर्दा पार्टी सभापति पदसहित सबै पद गुमाएका लामिछानेले नागरिकता पाएसँगै पुनः पार्टीको सभापति बनाउन लागिएको हो ।
सरकारको उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको लामिछानेलाई आजै रास्वपाको सभापति बनाउने तयारी गरिएको छ । सर्वोच्च अदालतले १३ माघ नागरिकता मुद्धामा दोषी ठहर गरेको थियो ।
सर्वाेच्चको फैसलासँगै सबै पद गुमाएका लामिछानेले सोही दिन पदबाट राजीनामा दिएका थिए ।
रास्वपाको गृह मन्त्रालयको दाबी यथावतै
लामिछानेको पार्टी रास्वपाले सत्तागठबन्धनको सहमतिअनुसार आफ्नो पार्टीको भागमा परेको गृहमन्त्रालयको दाबी यथावतै राखेको छ । यसको मतलब उपनिर्वाचनबाट लामिछानेलाई नै उक्त पदमा पार्टी सभापति लामिछानेलाई पठाइनेछ । अहिले उक्त रिक्त मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हालेका छन् ।