१५ माघ २०७९, आईतवार
  • सम्पदा केसी

कुन्नि कसरी चल्दैछ, जीवनको यो नाउ
खुशी, दुःखी कि निराशा, कुन शब्दले बताऊँ ?

उत्कृष्टताको लडाईंमा, मेहेनत यो उत्सर्गको
निदरी फ्याँकी जाग्राम, अध्ययन आशा हर्षको ।

सूर्योदय पछार्दै आँखाअघि दौडन्छ
मोती टिप्न गइरहन्छु, खाली हात तैरन्छ ।

उत्साही बनाउँछु आफैंलाई, पीडाहरू सम्हाल्छु
अटल हुने कोसिसमा आँधीसँग जुध्दछु ।

असफलता देख्ने आँखाले, मेहेनत कहाँ देख्छ र,
निरुत्साहित पार्ने रैतिले, क्षमतालाई कहाँ छेक्छ र ?

कालो रात कट्छ यता, असफलताको डर ओढेर
कसले बुझ्छ यहाँ मलाई, बुझ्नेहरू गए छाडेर ।

केसी सेन्ट जेभियर कलेज, ललितपुरमा कक्षा ११ मा अध्ययनरत छात्रा हुन् ।

LIVE TV