
- एल.बि मगर
रोल्पा । रोल्पामा पछिल्लो समय सार्बजनिक बिदाको दिनहरुमा सरकारी गाडीहरुको दुरुपयोग बढन थालेको छ।
नेपाल सरकारले सार्वजनिक बिदाका दिनहरुमा सरकारि गाडीहरुको दुरुपयोग रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरु लाई निर्देशन दिएको लामो समय बितिसक्दा पनि रोल्पामा भने उक्त नियम लागु हुन सकेको छैन ।
खास गरि बिदाका दिनहरुमा रोल्पाको होलेरी र सुलिचौर नाका हुँदै सरकारि गाडीहरु बिना पास जिल्ला भित्र र बाहिर निजि काम तथा घुमघामका लागि आवतजावत गरिरहेको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार यी नाका हुदै जिल्ला भित्र र बाहिर जाने सरकारी गाडीहरु लाई स्थानीय प्रहरी बाट सवारी पास लिए नलिएको बारेमा चेक जाच त परै जाओस् कुनै सोधपुछ नै हुदैन उल्टो नमस्कार गरेर छोडने गरेको बताए ।
उनिहरुका अनुसार सवारी चालक अनुमति पत्र प्राप्त नभएका ब्यक्तिहरुले समेत सरकारि गाडीको दुरुपयोग गर्दै आएको बताइएको छ।
यता जिल्ला प्रशासन कार्यालय रोल्पाका अनुसार जिल्ला भित्रका सरकारि गाडीहरू सार्वजनिक बिदाका दिनहरुमा कार्यालयको काम विशेषले जिल्ला भित्र र जिल्ला बाहिर जानुपर्ने भएमा जिल्ला प्रशासन कार्यालय बाट अनिवार्य रूपमा सवारी पास लिनुपर्ने बताएको छ ।
बिदाका दिनहरुमा जिल्ला भित्र र जिल्ला बाहिर चल्ने गाडीहरुले सवारी पास लिए नलिएको चेक जाच गर्न र नलिएको भए सम्बन्धित कार्यालय लाई खबर गर्न जिल्ला प्रहरी कार्यालय लाई परिपत्र गरेको र जिल्ला प्रहरी कार्यालयले जिल्लाभर का प्रहरी युनिटहरु लाई लिखित र मौखिक निर्देशन दिइसकेको बताएको छ।
माथिल्लो निकायको लिखित र मौखिक निर्देशन लाई स्थानीय प्रहरीले बेवास्ता अटेरी गरि कार्यान्वयन नगर्दा सार्वजनिक बिदाका दिनहरुमा सरकारी गाडीको दुरुपयोग बढेको देखिन्छ ।