१४ माघ २०७९, शनिबार

काठमाडौं । रवि लामिछानेको समर्थनमा काठमाडौंको माइतिघरमा प्रदर्शन भइरहेको छ । शनिबार दिउँसो माइतिघरमा सर्यौँ युवाहरुको सहभागी भइ रवि लामिछानेको पक्षमा प्रदर्शन गरिरहेका हुन् ।

नागरिकता विवादमा दोषी ठहरिएका रविलाई सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टीसभापतिसमेत नरहनेगरी आदेश दिएको थियो ।

त्यसपछि आज काठमाडौंमा उपस्थित संयौँ युवाहरुले रविलाई न्याय दिनुपर्ने माग राख्दै प्रदर्शन गरिरहेका हुन्।

उनीहरुले रविको नागरिकता अनुसन्धनमा निर्वाचन आयोगले नै कमिकमजोरी गरेका दावी गरेका छन् । यो सम्बन्धमा निर्वाचन आयोगले पहिल्यै अनुसन्धान गर्नुपर्ने र सांसदका लागि उम्मेदवार बनाउनै गर्नुपर्नेमा अहिले आएर यो फैसला अमान्य हुने अडान लिइरहेका छन् ।

उनीहरले रविका लागि बरु मर्न तयार रहेन तर यो अन्याय नसहने अभिव्यक्ति दिइरहेका छन् । एक प्रदर्शनकारीले भने – ‘हामी मरेर रवि बाँच्छन् भने हामी सडकमै मरिदिन्छौँ’

प्रदर्शनमा सहभागी एक युवाले हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध समेत उजुरी हाल्ने बताए । उनले हजारौ जनता मारेर प्रधानमन्त्री बन्ने तर रवि लामिछाने कसरी अनागरिक बन्ने ? भन्दै प्रश्न गरे ।

उनीहरुले सनालाई ऐन ठूलालाई चैन भन्दै नारासमेत लगाइरहेका छन् ।

LIVE TV