१३ माघ २०७९, शुक्रबार

काठमाडौँ । संसद चालू रहेको अवस्थामा बानेश्वर काठमाडौँ संसद भवन अगाडि सामाजिक इलामका व्यवसायी प्रेम आचार्यले आत्मदाह गरेको घटनाले नेपाल उद्योग वाणिज्य संघले ध्यानाकर्षण भएको जनाएको छ । यस्तै विराटनगरका मोहन निरौला, इलेक्ट्रिक व्यवसायी र केहि महिनामा लहान, पर्सा, नेपालगन्जमा समेत बैंकिङ्ग आतंकका कारण आत्महत्याका घटनाहरु बढेको भन्दै निजि क्षेत्र मर्माहित र गंभिर भएको भन्दै संघले विज्ञप्ती नै जारी गरेको छ ।

‘आज सामाजिक सञ्जालमा बैंकको वित्तीय संस्थाका दबाब र अन्यायका धेरै कुराहरु आइरहेको छन् ।यस्ता अप्रिय घटना हुन नदिन व्यवसायीको मनोवल वृद्धि गर्न राज्यका सबै निकायहरुले आर्थिक क्षेत्र संग सम्बन्धित निति, नियम, ऐन, कानुन, निर्देशन, परिपत्रहरू कार्यान्वयन गर्न सकिने गरी, सकारात्मक र उद्योग, वाणिज्य मैत्री बनोस र हालका बैकिंङ्ग व्यवस्थाहरु र व्याजदर स्थायित्वका लागी निजि क्षेत्र सरकारको ध्यानाकर्षण गर्दै अविलम्ब समस्या समाधानका लागी संवोधन हुन पनि जोडदार माग गर्दछौँ,’ अध्यक्ष दिनेश श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘हाल ब्याजदरको अप्रत्यासित वृद्धी गरिनु, व्याज साँवा तिर्न केही समयको याचना गर्दा अपमान सहनुपर्ने र तरलता अभाव गरी खाने अचल सम्पति धितो सस्तोमा लिई परियोजना, व्यक्तिगत जमानी र अचल सम्पति सुरक्षण वापत धितो लिने तर व्यवसायीको व्यवसाय पूर्वानुमान गर्न सक्ने गरी बनाई, लगानी सुरक्षित गर्नु जरुरी छ । जनताको निक्षेप जम्माका कारण बैंकलाइ कानूनी तबरले सुरक्षित बनाए झै सो रकम व्याजमा लिई उद्योग व्यवसाय चलाउनेको उद्योग,व्यवसाय पनि सुरक्षित बनाउन ढिलो भै सकेको छ । बेैंक पनि व्यवसाय हो भने जोखिम हुन्छ भन्ने तथ्य पनि नजर अन्दाज गर्न सकिन्न ।’

 

LIVE TV