१३ माघ २०७९, शुक्रबार

काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आबद्ध टिम अल नासर साउदी सुपर कपको सेमिफाइनलबाटै पाखा लागेको छ ।

बिहीबार सम्पन्न खेलमा रोनाल्डोको कप्तानीमा रहेको अल नासर अल इतिहादसँग पराजित भएसँगै खेलबाट बाहिरिएको हो ।

खेलमा अल नासरले ३–१ ले पराजित ब्यहोरेको हो । यो सँगै रोनाल्डोको साउदीमा अल नासरको तर्फबाट उपाधि जित्ने सपना समाप्त भएको छ ।

पराजित खेलमा रोनाल्डोले कुनै गोल गर्न सकेनन् । उता अल इतिहादको तर्फबाट रोमारिन्हो, हम्दाल्लाह र मोहमद अलशान्किति एक एक गोल गरे । त्यस्तै अल नासरको तर्फबाट एन्डरसन टालिस्काको एक गोल गर्न सफल भएका थिए ।

LIVE TV