११ माघ २०७९, बुधबार
  • ज्योति पन्थी

बर्दिया । पश्चिम नेपालको सवैभन्दा ठूलो पर्यटकीय गन्तव्य बन्दै गएको बर्दिया राष्ट्रिय निकुञ्जलाई पर्यटकीय गन्तव्यको आधार मानेर सञ्चालन भएका होटलहरु धरासायी बन्दै गएका छन् ।

कोरोना संक्रमणको समयदेखि धरासयी बनेका यहाँका होटलहरु अहिलेसम्मपनि आफनो लयमा फर्कन सकेका छैनन ।

पर्यटनको उच्च सम्भावना रहेपनि पर्यटन प्रवर्दनका लागि प्रभावकारी योजना नबन्दा होटल व्यवसायी मात्रै होइनन । यहाँ स्वरोजगार बनेकाहरुकै विचल्ली भएको छ ।

बर्दिया राष्टिय निकुञ्जलाई पर्यटकीय गन्तब्यको आधार मानेर सञ्चालन भएका होटलहरु पर्यटकको आगमन नहुँदा समस्यामा परेका छन् ।

कोरोना संक्रमण देखिनै धरासायी बन्दै गएका होटलहरु अहिलेसम्मपनि उभोगतिमा छैनन् । यस क्षेत्रमा निकुञ्ज पर्यटन लक्षित ३५ भन्दा बढी होटलहरु सञ्चालन भएका थिए ।

पर्यटक आगमनमा आएको कमीले यहाँ काम गर्ने करिब ३ सय जनाले आफनो रोजगारी समेत गुमाएका छन् । अहिले जम्मा २२ वटा होटल जेनतेन संचालनमा छन् ।

पर्यटकको अवागमन घटन थाले पछि अहिले स्थानीयहरु समेत चिन्तित छन । बर्दियामा थुप्रै पर्यटकिय स्थलहरु छन, तर यिनको उचित प्रचारप्रसारको अभावमा यहाँ आउने पर्यटकको संख्या घटिरहेको छ । यस्तै अवस्था रहे पर्यटन क्षेत्रमा लगानी गर्न समेत कठिनाई देखिन्छ ।

बर्दियाको पर्यटन ब्यवसाय अहिलेसम्मपनि फस्टाउँन नसक्नुको मुख्य कारण कोरोना संक्रमण भए पनि अन्य थुप्रै कारणले यहाँको पर्यटन क्षेत्र माथि उठ्न सकिरहेको छैन ।

काठमाडौंबाट बर्दिया पुग्न हवाई यात्रामा नेपालगञ्ज एयरपोर्ट प्रयोग गर्नुपर्छ । तर, यहाँसम्म आइपुग्न भारतको दिल्ली भन्दा महगो मूल्य तिर्नुपर्छ हवाई मार्गका लागि ।

यसले पनि प्रभाव पारेको छ । कोरोना पछि विदेशी पर्यटक नआउँनु, नेपाल सरकारले समेत बर्दियालाई पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न नसक्नुले पनि बर्दियाको पर्यटन क्षेत्रमाथि उठन नसकेको पर्यटक मञ्चका बर्दिया जिल्ला अध्यक्ष कृष्ण भट्टराईको बुझाइ छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज नेपालीमात्रै होइन विदेशी पर्यटकको समेत गन्तव्य स्थल हो । जंगल सफारीदेखि अनेकन तालतलैया, सिमसारक्षेत्रले भरिपूर्ण बर्दिया जिल्लालाई पर्यटन नगरिकोरुपमा विकास गर्न नसक्नु राष्ट्रका लागि नै घाटाको विषय हो ।

बर्दियाको प्राकृतिक सुन्दरतालाई जनमानससम्म पु¥याउने र सहजताकालागि व्यवस्थापनको पाटो चुस्त बनाउनेतर्फ स्थानीय सरकारदेखि केन्द्र सरकारसम्मको तत्काल ध्यान जानु आवश्यक छ ।

 

LIVE TV