१० माघ २०७९, मंगलवार
  • राज दयाल

ओखलढुंगा । जिल्लाको खिजीदेम्बा गाउँपालिका–८, देम्बाडाँडाको एक रिसोर्टमा आगलागी हुँदा झण्डै एक करोड रुपैयाँ बराबरको क्षति भएको छ । आज (मंगलबार) दिउँसो झन्डै २ : २० बजेको समयमा स्थानीय दावा शेर्पाले सञ्चालन गर्दै आएको दावा एग्रो टुरिजम् रिसोर्टमा अचानक आगलागी भएको हो ।

आगलालगीबाट काठ र जस्ताले बनेको २ तले घर, रिसोर्ट र रिसोर्टभित्र रहेको फर्निचरका सामग्री, भाडाँकुँडा, अन्न्पात पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट झन्डै २ करोडको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय खिजीफँलाटेबाट खटिएको प्रहरी टोली र स्थानीयको प्रयासमा लामो समय पछि आगो नियन्त्रणमा लिइएको थियो ।

आगलगीबाट कुनै मानविय तथा पशु चौपायमा क्षति भएको छैन भने आगलागीको कारण पनि खुलिनसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

LIVE TV