१० माघ २०७९, मंगलवार

सुर्खेत । कर्णाली प्रदेशमा सत्तागठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच मन्त्रालय भागबन्डामा सहमति भएको छ ।

मंगलबार बसेको बैठकले माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ४ मन्त्रालय र एमालेले आर्थिक मन्त्रालयसहित ३ मन्त्रालय लिनेमा सहमति भएको हो ।

सहमतिअनुसार माओवादी केन्द्रको भागमा मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय परेको छ ।

यस्तै, एमालेको भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परेको छ ।

LIVE TV