१० माघ २०७९, मंगलवार

पोखरा । गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मंगलबार ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएसँगै सरकारले पूर्णता पाएको हो ।

मंगलबार नेकमा एमालेका रोशन गाहामगर र वेदबहादुर गुरुङ र नेकपा माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली मन्त्री बनेका छन् । उनीहरुलाई मुख्यमन्त्री खगराज अधिकारीले मन्त्री नियुक्त गरेका हुन् ।

तीनै जना मन्त्रीलाई मंगलबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका छन् । मंगलबार थप तीन मन्त्रीले सपथ लिएसँगै ७ सदस्यीय गण्डकी सरकारले पूर्णता पाएको छ ।

यसअघि माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम गुरुङ मन्त्री भइसकेका छन् । सरकारले पूर्णता पाएसँगै सबै जिम्मेवारी पनि मंगलबार नै तोकिएको छ ।

कस्लाई कुन मन्त्रालय ?

एमालेका रोशन गाहालाई आन्तरिक मामिला मन्त्रालय, सीता सुन्दास आर्थिक मामिला मन्त्रालय र वेदबहादुर गुरुङ कृषि तथा जलस्रोत मन्त्री बनेका छन् ।

माओवादी केन्द्रका हरिबहादुर चुमानललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रेशमबहादुर जुग्जालीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र राप्रपाका पञ्चराम गुरुङलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

LIVE TV