९ माघ २०७९, सोमबार
  • नवराज घिमिरे

नवगठित माहागठबन्धनको सरकारको नेतृत्व नेकपा माओवादी अध्यक्ष प्रचण्डले गरीरहेका छन् । मंसिर ४ गतेको को निर्वाचनले नेपाली काँग्रेसलाई ठूलो पार्टीमा जनताले स्थापित गरे ।

त्यस्तै नेकपा माओवादीलाई तेस्रो पार्टीमा जनमतले अनुमोदीत गर्यो । आज त्यही तेस्रो पार्टीले सरकारको नेतृत्व गर्न सफल भएको छ ।

राजनीतिमा जे पनि हुनसक्छ भन्ने उदाहरण यो माहागठबन्धन बाट सहजै अनुमान लगाउन सकिन्छ ।

यतिखेर देशको राजनीति जटिल मोडमा पुगेको छ । विदेशी शक्तिकेन्द्रहरु राजनीति दललाई जोड्ने र फुटाउने अनि आफनो स्वार्थ केन्द्रित बनाउनमै तल्लीन छन ।

त्यसैको सेरोफेरोमा रुमलिदै छ माहागठबन्धनको राजनीति । यो सरकारले बिगतको भन्दा फरक परिवेश बोकेको छ ।

संसदमा नयाँ पार्टीका युवा नेताहरुको आगमनले जनतामा केही आशाका किरणहरु पलाएका थिए । तर समय बित्तै जाँदा संसदमा सभामुख तथा उपसभामुखको चयनदेखि दोस्रो चरणको मन्त्रिमण्डलको विस्तारसम्म आइपुग्दा जनताका आशा र भरोसा बिस्तारै टुट्दै जाने त हैन ? प्रश्नहरु उठ्न थालेका छन् ।

जनताले पूर्ण रुपमा भरोसा गरेका दुई पात्र रवि लामिछाने र राजेन्द्र लिङ्देनले मन्त्री बनाएका विवादित पात्रहरु विक्रम पाण्डे र डोल प्रसाद अर्यालको मन्त्रीमा प्रवेशले अब यी पनि पुरानै बेथिति दोहोर्याएको देखिन्छ ।

रवि र राजेन्द्रलाई अरु नेता सरह लाचार भएर मैदानमा उत्रिन छुट छैन ।भ्रष्टचार आमाको रगत खानु सरह भन्ने स्लोगनबाट चर्चा कमाएका राजेन्द्रले
अरबौँ रुपैयाँको भ्रष्टचारमा मुछिएका विक्रम पाण्डेलाई शहरी बिकासमन्त्री बनाएर आफ्नो स्लोगनकै खिल्ली उडाए ।

यति मात्रै होइनजुन जोगी आए पनि कानै चिरेका भन्ने उखानलाई पनि प्रमाणित गरिदिएका छन् । उता रविले पनि सम्पति सुद्धिकरणमा परेक म्यानपावर कम्पनिका विदेश विभागका एजेण्ट समेत रहेका डोल प्रसाद अर्याललाई श्रम मन्त्री बनाएर आफनो असली रुप देखाएका छन् ।

अन्य सक्षम क्षमतावान सांसदहरु हुदाँ हुदै स्वार्थ बाजीने व्यक्तिलाई जिम्मेवार मन्त्रालयमा पठाउनु रविको भूल हो ।

यदि आफ्ना कमजोरीलाई समयमै सच्याएर अघि नबढ्ने हो भने राजनीति भविष्य र जनताको भरोसा सबै स्खलित भएर जाने निश्चित छ ।

LIVE TV