
काठमाडौं । अपराध बिटमा कलम चलाउने वरिष्ठ पत्रकार एवं उकेरा डटकमका प्रधानसम्पादक केपी ढुंगानाले वर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेदेखि सहरी विकासमन्त्री विक्रम पाण्डेसम्मको कडा कटाक्ष गरेका छन् ।
न्यूज २४ को ‘२४ टक’ रोहण श्रेष्ठसँगको कुराकानीमा ढुंगानाले रवि लामिछानेलाई नैतिक पतनदेखि घुस खानु भनेको आमाको रगत खानु बराबर हो भन्ने राप्रपाबाट सहरी विकासमन्त्री बनेका अर्यालको कडा कटाक्ष गरे ।
बरु ७० करोडको घुस प्रकरणमा मुछिएका गोकुल बास्कोटा उपप्रधान तथा गृहमन्त्री लामिछानेभन्दा पनि नैतिक आधारमा इमान्दार देखिएको उनको विश्लेषण छ ।
उपप्रधान तथा गृहमन्त्री लामिछाने आफूविरुद्धको मुद्धा प्रभावित तुल्याउनकै लागि हतारहतार सरकारमा गएको पनि उनको विश्लेषण रहेको छ । उनी भन्छन्, ‘उहाँ सरकारमा जान हतारिनुको एउटै कारण– आफूविरुद्धका प्रमाणहरु छेडखानी गर्ने, नष्ट गर्ने, प्रभावका आधारमा अनुसन्धान गर्न नदिने हो । गृहमन्त्री बनेपछि अब उहाँले सघाउनु भयो कि प्रभावमा पार्नुभयो ?’
यस्तै, ज्यान मारेको अभियोग लागेका फरार सांसद लक्ष्मी महतो कोइरीको विषयमा पनि ढुंगानाले स्पष्ट रुपमा प्रहरीको भूमिका र जिम्मेवारबारे स्पष्ट पारेका छन् ।
संसदभित्र पक्राउ गर्न नसकिए पनि संसदबाहिर कोइरीलाई प्रहरीले पक्राउ गर्न जुनसुकै समय सक्थ्यौँ । तर, अहिलेको घटनाक्रम हेर्दा कसैले प्रहरीलाई भित्री रुपमा प्रभावमा पारेको स्पष्ट देखिएको ढुंगानले बताए ।
उनले भने, ‘संसदभित्र पक्राउ गर्न पाइँदैन । तर, बाहिर पाइन्छ । नेपाल प्रहरीलाई सपथ खान संसद्मा गएको दिन आएको भन्ने थाहा थिएन र ! थाहा थियो । प्रधानमन्त्रीलाई विश्वासको मत दिनेक्रममा आउँदै थिए भन्ने थाहा थिएन र ! थाहा थियो । तर, प्रहरीलाई कसैले दबाब पारेको थियो, प्रभाव पारिएको थियो । त्यहिँ भएर प्रहरीले देखे पनि नदेखे जसरी गरियो ।’
२४ टकमा ढुंगानाको भनाइ जस्ताको तस्तैः
प्रहरीले नै अनुसन्धान गरेको व्यक्ति गृहमन्त्री भइसकेपछि अनुसन्धान रोकिन्छ नै । म सतप्रतिशत आत्मविश्वासका साथ के भन्छु भने– जुन दिन गृहमन्त्रीका रुपमा रवि लामिछाने सपथ लिनुभयो, त्यस दिनदेखि उहाँको विरुद्धमा परेको उजुरीको अनुसन्धान रोकिएको छ ।
डाक्टरले म बिरामी बचाउँछु भन्दा पत्याउँछौँ, डाक्टरले लास जलाउँदैन अपवादबाहेक, हातैले उपचार गर्छ । यदि होइन भने आफूले नगरेको काम छ भने, यदि सफा छु भन्ने छ भने, कानुनविपरीत काम गरेको छैन भन्ने लागेको हो भने उहाँ (रवि लामिछाने) राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको रुपमा बसेर अन्य व्यक्तिहरुलाई सरकारका पठाएर यो अनुसन्धान र अदालती प्रक्रिया सकिएपछि सरकारमा जानुपथ्र्यौँ । उहाँ सरकारमा जान हतारिनुको एउटै कारण– आफूविरुद्धका प्रमाणहरु छेडखानी गर्ने, नष्ट गर्ने, प्रभावका आधारमा अनुसन्धान गर्न नदिने हो । गृहमन्त्री बनेपछि अब उहाँले सघाउनु भयो कि प्रभावमा पार्नुभयो ? गृहमन्त्री भएपछि प्रहरीले कसरी अनुसन्धान गर्छ, एक । एएसपी र डिआइजी कस्ले गर्छ, गृहमन्त्रीले । उहाँ (गृहमन्त्री लामिछाने) एसएसपी सरुवा गरेर काठमाडौं परिसरमा नयाँ एसएसपीका रुपमा दानबहादुर कार्की आइसके, उनलाई जस्ले सरुवा गरेर काठमाडौं परिसरमा पठाएका छन् त्यहिँ मान्छेविरुद्ध अनुसन्धान गर्ने विषयमा विश्वस्त भइन्छ ? त्यसो हो भने नेपाल बेलायतजस्तै भयो ?
यो विषयमा म निरन्तर फलोअप गरिरहेकाले म दाबीका साथ भन्छु– उहाँ गृहमन्त्री भएको दिनदेखि प्रहरीको अनुसन्धान रोकिएको छ । यदि प्रहरीको अनुसन्धान नरोकिएको भइदिए अहिलेसम्म प्रहरीले उहाँलाई सम्बन्धित विषयमा बयानका लागि बोलाइसक्थ्यौँ । अहिलेसम्म किन बोलाएनभन्दा गृहमन्त्री भएर हो ।
नयाँ दल आएपछि अपराधिक घटना कम होला, राजनीतिक सुध्रिन्छ कि भन्ने थियो । अहिले नयाँ सांसदहरु संसद्मा पुगेका छन् । उहाँहरु पूराना नेताभन्दा पनि बद्मासी गर्न दुई स्टेप अघि छन् भन्ने देखियो । कुनै पदमा भएको व्यक्तिमाथि आरोप लाग्यो भने छानविन गर्नका निम्ति पद छाड्नुपर्छ । गोकुल बास्कोटामाथि ७० करोडको घुस प्रकरणमा मुछिएपछि सर्लक्कले राजीनामा दिएर हिँडनुभएको हो नि ! नैतिकरुपमा गोकुल बास्कोटा ठीक देखिए नि ! जुन मान्छेमाथि शंका, आशंका छ र अनुसन्धान भइरहेको छ त्यो मान्छेचाहिँ पदमा जाने भनेपछि कतिसम्म देखियो । नैतिकता देखिएन । नैतिकता नभएको मान्छेले नैतिकताको गफमात्र दिएर हुन्न त्यो त देखिने चिज हो के ।
त्यो देखिएन, न रवि लामिछानेकोमा देखियो, डीपी अर्यालसँग देखियो,नेपालको सबभन्दा ठेक्का पाउने सडक, सिंचाइ अलपत्र बनाउनेलाई सहरी विकासमन्त्री बनाउने । त्यहिँ पार्टीको नेताले चाहिँ घुस खानु भनेको आमाको रगत खाए बराबर हुन्छ भनेर बोल्ने, भावुक बनाइदिने, मतदातालाई भावुक बनाइदिने भावुकताको परिणाम आइसकेपछि त्यहिँ मतदाता घात गर्ने । यो चलन हिजोको भन्दा पनि भद्रगोल होइन । म त त्यो लक्षण देख्छु ।