८ माघ २०७९, आईतवार

मोरङ । प्रदेश नं १ प्रमुख पर्शुराम खापुङले स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न सम्बन्धित सबै निकाय एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

अरनिको हस्पिटल प्रालिको नवौँ साधारणसभामा उहाँले स्थानीय, प्रदेश, सङ्घीय सरकार साथै तमाम नागरिक र सङ्घसंस्थाले हालेमालो गरेर यस क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने बताए।

मोरङको उर्लाबारीमा अवस्थित हस्पिटलले सामाजिक र स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै प्रदेश प्रमुख खापुङले आगामी दिनमा जनतालाई गुणस्तरीय सेवा दिएर जनमैत्री बन्न सुझाव दिए। सो अवसरमा समाजमा योगदान पु¥याउने सङ्घसंस्था र व्यक्तिलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा पूर्व नगरप्रमुख खड्ग फागो, सञ्चारकर्मी जग्गनाथ भट्टराई, सरोज बस्नेत, स्वास्थ्यकर्मी सन्दीप योङहाङ, कलाकर्मी मञ्जुल मितेरीलगायत थिए । ।

LIVE TV