६ माघ २०७९, शुक्रबार

काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौं उडेको श्री एयरको जहान झापास्थित चन्द्रगढी विमानस्थलमा अवतरण भएको छ ।

बिहान ७ बजेर ३० मिनेट जाँदा काठमाडौं उडेको श्री एयरलाइन्सको ४४० विमान ९ बजेर ५ मिनेटमा चन्द्रगढी विमानस्थलमा अवतरण भएको हो ।

भिजिबिलिटी  निकै कम भएका कारण काठमाडौंमा जहाज अवतरण हुन  नसकेको विमानस्थलले जनाएको छ ।

‘विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले केही बढेको छ । तर पूर्ण अनुकुल भने भएको छैन,’ विमानस्थल स्रोतले भन्यो, ‘त्यसपछि झापाको चन्द्रगढी डाइभर्ट गराउनु परेको हो।’

अहिले भिजिविलिट कम भएकै कारण त्रिभुवन विमानस्थलको आन्तरिक उडान प्रभावित भइरहेको छ ।

LIVE TV