१८ पुष २०७९, सोमबार

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)ले जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ ।

सोमबार आईस्पानले काठमाडौंमा पत्रकार सम्‍मेलन गरेर नेपाल विद्युत प्राधिकरणको पोल भाडामा मनोमानीविरुद्ध उत्रिदै इन्टरनेट सेवा जुनसुकै बेला रोकिने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा अध्‍यक्ष सुधीर पराजुलीले भने, ‘विद्युत प्राधिकरणले मोनोपोली देखाए हामी इन्टरनेट हड्ताल गर्न पनि पछि पर्दैनौं । इन्टरनेट जुनसुकै बेला अवरुद्ध हुन सक्छ । हाम्रो तालाचाबी प्राधिकरणमा बुझाउँछौं ।’

आइस्पानले प्राधिकरणले भाडाकै निहुँमा पटक पटक इन्टरनेट सेवा प्रदायकहरुको डेटा सेन्टर, अपरेशनल पोइन्ट, इन्टरनेट सेवा प्रवाह गर्ने फाइबर, तार काटिदिएकोमा आक्रोश पोखेको छ ।

यसका साथसाथै, आइस्पानले इन्टरनेट ठप्प हुनबाट जोगाउन, मानव अधिकार स्थापित गर्न, उपभोक्ताको हकहित संरक्षण गर्न सरकार सम्बन्धित मन्त्रालयहरु, निकायहरु, मानव अधिकार (राष्ट्रिय,अन्तर्राष्ट्रिय) आयोगलाई तत्काल हस्तक्षेपकारी भूमिका निर्वाह गर्नसमेत विज्ञप्तिमार्फत अपील गरेको छ ।

LIVE TV