३ पुष २०७९, आईतवार

काठमाडौँ । अशोक लेल्याण्डको भाइकिङ १२एम प्राइम बस नेपाली बजारमा भित्रिएको छ । कम्पनीको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले सो बस सार्वजनिक गरेको हो ।

४४ सिटर सो बसमा टर्बोचार्जर र इन्टरकुलर सहितको ५ हजार ७६० सीसी एच सिरिज ६ सिलिन्डर डिजेल इन्जिन रहेको छ, जसले १८० एचपी पावर र ६७० एनएम टर्क जेनेरेट गर्छ।

भाइकिङ १२एम प्राइममा इनलाइन इन्धन पम्प छ, जसले यसको मर्मत खर्च घटाउँछ। यसमा न्युमेटिक एक्च्युएसनसहितको १५ इन्चको क्लच र ओभरड्राइभसहितको जेडएफ६ फर्वार्ड स्पीड सिन्क्रोमेश गियरबक्स पनि छ। साथै ३५० लिटरको इन्धन ट्याङ्की र ६,२०० एमएम लामो ह्वीलबेस पनि रहेको कमपनीले जनाएको छ ।

इन्टिग्रल पावर स्टेयरिङ र डबल एक्टिङ्ग शक अब्जर्बरसहितको वेभलर फ्रन्ट सस्पेन्सन र लेभलिङ भल्भसहितको रियर एयर सस्पेन्सनले बसलाई आरामदायी बनाउन भूमिका खेलेको छ भने एबीएस र सेवा ब्रेक, पार्किङ ब्रेक र सहायक ब्रेक जस्ता अन्य विभिन्न प्रविधिहरू जडान छन्, जसले सजिलै रोक्न वा सञ्चालनमा ल्याउन मदत गर्दछ ।

सो अवसरमा आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले ग्राहकहरूले पहिले नै नेपालमा अशोक लेल्यान्डका बस र अन्य सवारीसाधनलाई रुचाउँदै आएको र यसपटक अत्याधुनिक र उत्कृष्ट प्रविधिसहितको भाइकिङ १२एम बस सञ्चालनमा ल्याउन पाउँदा खुशी लागेको बताए ।

LIVE TV