२१ मंसिर २०७९, बुधबार

काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालय बैठक बस्ने भएको छ । महासचिव शंकर पोखरेलको नेतृत्वमा उक्त बैठक बस्न लागेको हो ।

बैठक बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

बैठकमा महासचिव लगायत उपमहासचिव र सचिवहरु रहने भएका छन् । सो बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेन्डा तय गर्नेछ ।

यही मंसिर ४ को निर्वाचनपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

भर्खरै सम्पन्न निर्वाचनमा नेकपा एमाले समानुपातिक तर्फ २८ लाख ४५ हजार ४६१ मत प्राप्त गर्दै समानुपातिकमा पहिलो दल बनेको छ । उसले प्रत्यक्षतर्फ ४४ सिट जितेको छ ।

त्यस्तै नेपाली काँग्रेसले समानुपातिकमा दोस्रो लोकप्रिय मत प्राप्त गर्दा प्रत्यक्षमा भने सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

LIVE TV