२० मंसिर २०७९, मंगलवार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)लाई पार्टीमा स्वागत गरेको छ । मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा नेकपा (एस)का महासचिव बेदुराम भुसालले खादा ओढाएर मनाङ्गेलाई औपचारिक स्वागत गरेका हुन् ।

केही दिन अगाडि मात्रै मनाङबाट गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित भएका मनाङ्गे एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । मनाङ्गेलाई पार्टी प्रवेश गराउँदै महासचिव भुसालले मनाङेको विगतलाई लिएर धेरै टीकाटिप्पणी गर्नु नहुने उल्लेख गरे ।

उनले मान्छेलाई विगतको आँखाले मात्र हेर्नु नहुने र वर्तमानमा के छ भनेर हेर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘राजीवजीले आफ्नो विगतलाई बदलेर जनसेवाको प्रतिबद्धताका साथ अघि बढ्नुभएको छ । यसलाई सकारात्मकरुपमा लिनुपर्छ ।’ यसका साथै मनाङ्गेले मन्त्री भएर राम्रा काम गरेको भन्दै उनीबाट सिक्नुपर्ने पनि भुषालको भनाइ छ ।

 

तस्वीर : महेश्वर के.सी.,

 

LIVE TV