२० मंसिर २०७९, मंगलवार

काठमाडौं । दार्चुलामा घटना घटेको दुई दिनपछि नेपाल सरकारले भारत सरकारलाई कूटनीतिक नोट पठाउने भएको छ । दार्चुलमा भारतले महाकाली नदीको धार नेपाली बस्तीतिर फर्काएर अनधिकृत संरचन बनाएको विषयमा भारतलाई नेपालले कूटनीतिक नोट पठाउन लागेको हो ।

आइतबार भारतले दार्चुलामा अनधिकृत संरचना विस्तार विषयमा नेपाली र भारतीय नागरिकबीच झडप भएको थियो । झडप हुँदा विद्यालयमा खेलिरहेका चारजना बालकमाथि सीमा पारिबाट आएको ढुंगाले घाइते बनाएको थियो ।

घटना भएको दुई दिनपछि परराष्ट्र मन्त्रालयले उक्त घटनाबारे भारतलाई कूटनीतिक नोट पठाउने तयारी गरेको छ । घटनालगत्तै दार्चुला प्रशासनले नेपालीमाथि ढुंगा प्रहार र नदी अतिक्रमणबारे गृह मन्त्रालयलाई मौखिक जानकारी दिएको थियो । लिखित जानकारी भने सोमबार दिइएको थियो ।

सोमबार दार्चुला प्रशासनबाट लिखित पत्र पाएपछि गृह मन्त्रालयले दीर्घकालीन समस्या समाधानका लागि कूटनीति पत्र पठाएको हो ।

LIVE TV