२० मंसिर २०७९, मंगलवार

काठमाडाैँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा आज प्रि क्वाटर फाइनलका अन्तिम दुई खेल हुँदैछन् ।

आज हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिष्पर्धा हुनेछ । एजुकेशन सिटी स्टेडियममा हुने मोरक्को र स्पेनबीचको खेल राति ८ः४५ बजे शुरु हुनेछ । आज दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा छन् । मोरक्को समूह ‘एफ’ बाट विजेता बनेको हो भने स्पेन समूह ‘ई’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

आजै हुने दोस्रो खेलमा पोर्चुगल र स्विट्जरल्याण्डबीच प्रतिष्पर्धा हुँदैछ । प्रि–क्वाटरफाइनलको अन्तिम यो खेल राति १२ः४५ बजे शुरु हुनेछ । लुसिल स्टेडियममा हुने यो खेलमा दुवै टिम विजयी बन्दै क्वाटर फाइनलमा पुग्ने योजनामा रहनेछन् । पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्याण्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका थिए ।

LIVE TV