
काठमाडौं । दोलखामा प्रतिनिधिसभा तर्फको मतगणनामा नेकपा माओवादी केन्द्रका गंगा कार्कीको अग्रता कायमै रहेको छ ।
उनी एमालेका बालकृष्ण शिवाकोटी भन्दा ११४ मतले मात्रै अगाडि रहेका छन् । पछिल्लो मत परिणाम अनुसार माओवादीकाकार्कीले ३३ हजार ७०७ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३३ हजार ५९३ मत पाएका छन् ।
उता राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ३ हजार ५०४ मत पाएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका विजय खड्काले ६११ मत पाएका छन् ।
मंसिर ४ गते भएको निर्वाचनमा बुध कब्जा भएपछि पुन: निर्वाचन गरिएको थियो।