१९ मंसिर २०७९, सोमबार

तेह्रथुम । तेह्रथुम सदरमुकाम म्याङ्लुङमा दुई दिने पत्रकार क्षमता विकास कार्यक्रम सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा तेह्रथुमको आयोजना तथा म्याङ्लुङ नगरपालिकाको सहयोगमा आईतबारबाट पत्रकारहरुको क्षमता विकास कार्यक्रम भइरहेको हो ।

कार्यक्रममा संचार र आम संचार, समाचार संकलन लेखन र सम्पादन, रेडियो रिपोर्टिङ, टेलिभिजन रिपोर्टिङ, पत्रकार आचारसंहिता र पत्रकारको संस्थागत विकास सम्बन्धी पत्रकार महासंघको भूमिका र सूचनाको हक लगायतको विषयमा छलफल भ रहेको नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष अमृत बास्तोलाले जानकारी दिनु भयो ।

पत्रकारहरु महेन्द्र काफ्ले, लक्ष्मी नारायण मिश्र, दीपक कट्टेल, चन्द्र कार्की र टिआर सेनेहाङले सहजीकरण गरिरहनु भएको छ ।

कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कृयाशील ३५ जनाको सहभागीता रहेको छ ।

कार्यक्रम सोमबार नै समापन हुने महासंघ शाखाका अध्यक्ष बास्तोलाले बताउनुभयो ।

LIVE TV