१६ मंसिर २०७९, शुक्रबार

काठमाडौं । दोहोरी गायिका कल्पना दाहाल वैवाहिक बन्धनमा बाँधिएकी छन् । दोहोरी गायिका दाहालले अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग वैवाहिक बन्धनमा बाँधिएकी हुन् ।

कल्पना र पुण्यले गत जेठमा ईंगेजमेन्ट गरी अदालतमा कानूनी विवाह गरेका थिए । तर, आज भने उनीहरुले परम्परागत रीतिअनुसार विवाह गरेका हुन् ।

लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय गायिका दाहाल इन्द्रेणीमा दोहोरी गाएपछि चर्चामा आएकी हुन् । इमाडोलस्थित इन्द्रेणी बैंक्वेटमा आयोजित वैवाहिक समारोहमा फिल्म तथा गायन क्षेत्रका केही कलाकारहरु सहभागी भएका थिए ।

 

LIVE TV