१६ मंसिर २०७९, शुक्रबार
  • तस्वीर : महेश्वर के.सी.

काठमाडौं । सरकारविरुद्ध नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले आन्दोलनको घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नाडाले पहिलो चरणमा मंसिर २२ गतेसम्म शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको हो ।

विगत ८ महिनादेखि कार, जीप, भ्यानको आयात रोकेर सरकारले एलसीमा समेत ५० प्रतिशतदेखि शतप्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गर्दै अटो व्यवसायलाई नै धराशायी बनाउन रोल खेलेको भन्दै नाडाले आन्दोलनको घोषणा गरेको हो । अब नाडाले पाँच दिनसम्म कालो व्यानरमा विरोधका नारा प्रदर्शन गर्ने र छैटौं दिनमा मंसिर २२ गते तीन घण्टा ११–२ बजेसम्म शान्तिपूर्ण र्यालीसहित धर्ना कार्यक्रम गर्ने भएको छ ।

त्यसपछि पनि सरकारले माग सुनुवाइ नगरेको खण्डमा आन्दोलनको अर्को चरणमा जाने नाडाले जनाएको छ । नाडाले गत वैशाखदेखि प्रतिबन्धित कार, जीप भ्यानलगायत १५० सीसी इन्जिन क्षमता माथिका मोटरसाइकलको आयात फुकुवा गर्नुपर्ने, नगद एलसी मार्जिनको व्यवस्था खारेज गर्नुपर्ने, चालू पुँजी कर्जालाई पुनर्विचार गर्नुपर्ने र बैंकिङ ब्याजदरलाई नियन्त्रण गर्नुपर्नेलगाएको माग गरेको छ ।

LIVE TV