१६ मंसिर २०७९, शुक्रबार

काठमाडौं । प्रतिष्ठित फाइनान्सियल टाइम्स ‘बैंक अफ द इयर २०२२’ अवार्ड नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (NIBL)ले जितेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक सन् २०२२ को लागि देशको “उत्कृष्ट बैंक” छनोट भएको हो ।

एनआईबीएलले विगत २ दशकमा बैंकिङ उद्योगको प्रतिष्ठित अवार्ड जितेको यो छैटौं पटक हो, जुन नेपालमा सबैभन्दा धेरै बैंकर अवार्ड जितेको हो । यसरी २०२२ को अवार्ड पाउँदा एनआईबीएलले अत्यन्तै गौरवान्वित भएको जनाएको छ ।

एनआईबीएलले यो अवार्ड जित्नु नेपालको वित्तीय क्षेत्र र समाजमा गरेको महत्वपूर्ण योगदानको प्रमाण भएको जनाएको छ । यसले विकास र दीगोपनतर्फ लाग्ने बैंकहरूको समर्पणलाई पनि हाइलाइट गरेको कारण यस प्रतिष्ठित पुरस्कार बारम्बार प्राप्त गर्न मद्दत गरेको एनआईबीएलले जनाएको छ ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले १ डिसेम्बर २०२२ बिहीबार बेलायतको लण्डनमा आयोजित अवार्ड समारोहमा बैंकको तर्फबाट अवार्ड ग्रहण गरेका छन् । सम्मानित फाइनान्सियल टाइम्स प्रकाशनसँग सम्बन्धित बैंकर पत्रिकाले यो पुरस्कार प्रदान गरेको हो ।

एनआइबिएलले ८८ शाखा, १३३ एटिएम, २२ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ६० ग्रामीण शाखारहित बैंकिङ काउन्टरबाट १० लाख भन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।

LIVE TV