१५ मंसिर २०७९, बिहीबार
  • अनमोल कार्की,

रौतहट । नेपाल ल्युब आयल लिमिटेडको वितरक गल्फ लुब्रिकेन्टको आधिकारिक शोरुम रौतहट खुलेको छ । रौतहटको चन्द्रनिगाहपुरमा आज एक कार्यक्रमका बीच शोरुमको उद्घाटन गरिएको छ । रौतहटमा गल्फ लुब्रिकेन्टले आफ्नो आधिकारिक बिक्रेता जयसवाल ट्रेडिंङ्ग कन्सर्नको उद्घाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले गरेका छन् ।

उद्घाटन गर्दै उनले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपाल ल्युब आयल लिमिटेडले ३५ वर्षदेखि नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गरी बिक्री वितरण गरिरहेको जानकारी दिँदै गल्फ लुब्रिकेन्टले सदैव उच्च गुणस्तरीय लुब्रिकेन्टहरु उपभोक्ताहरुलाई प्रदान गर्दै आएको बताए ।

जयसवाल ट्रेडिंङ्ग कन्सर्नका संचालक रवि जयसवालले नयाँ शोरुममा उच्चस्तरीय गल्फ ब्रान्डको सबै उत्पादकहरु ग्राहकमाझ सुपथ मूल्यमा उपलब्ध हुने जानकारी दिदैं जिल्लामा गल्फ लुब्रिकेन्ट धेरैभन्दा‌ धेरै बिक्री गरेर रेकर्ड कायम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नव निर्वाचित प्रदेश सांसद समिर भट्टराई,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी, प्रेस चौतारीका रमेश तिमल्सिना,प्रेस सेन्टरका सुब्बा कार्की, नेपाल ल्युब आयल लिमिटेडका जेनेरल म्यानेजर गंगाराज भट्टराई, नेपाल खेलकुद महासंघ रौतहटका अध्यक्ष मधुसुदन धिताल तथा गल्फ लुब्रिकेन्टका रिटेलरहरुको सहभागिता रहेको थियो ।

नयाँ शोरुम नेपालमै रहेको गल्फ लुब्रिकेन्टको शोरुम मध्य सबैभन्दा ठूलो शोरुम रहेको संचालकको भनाइ छ ।

LIVE TV