१५ मंसिर २०७९, बिहीबार

काठमाडौं । सरकारले घरजग्गा कारोबारमा कडाइ गरेसँगै मन्दीको प्रत्यक्ष असर राजस्व संकलनमा समेत परेको छ । गत वर्ष कात्तिकमा घरजग्गा कारोबारबाट ५ अर्ब ४९ करोड ५१ लाख ८३ हजार राजस्व संकलन भएकोमा चालँ आर्थिक कात्तिकमा अढाइ अर्ब राजस्व घटेको छ ।

भूमि व्यवस्था तथा अभिलेखन विभागका अनुसार गत कात्तिकमा ३ अर्ब ७६ लाख २५ हजार ९ सय १६ रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष असोजमा देशभरको घरजग्गा कारोबारबाट ७ अर्ब ३३ करोड २१ लाख राजस्व संकलन भएको थियो । तर, चालू आव गत असोजमा २ अर्ब ५६ करोड ९३ लाख राजस्व उठेको पाइएको छ ।

विभागका अनुसार कात्तिकमा ७६ हजार ५ सय ६२ घरजग्गा कारोबार भएको छ । गत वर्ष कात्तिकमा १ लाख ३४ हजार ५ सय ४९ मा कारोबार भएको थियो । कात्तिकमा कारोबार घटेसँगै राजस्व संकलनमा समेत असर परेको छ । यसैगरी, गत असोजमा ७४ हजार ८ सय ५० घरजग्गा कारोबार भएको थियो । जुन गत अघिल्लो असोजको तुलनामा कम हो । अघिल्लो असोजमा १ लाख ६८ हजार ६ सय ९ घरजग्गा कारोबार भएको थियो । याे खबर राजधानी दैनिकमा छ ।

LIVE TV