१२ मंसिर २०७९, सोमबार
  • विमल केपी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मंसिर ४ सम्पन्न निर्वाचनले कुनै पनि दललाई बहुमत प्राप्त नहुनु मुलुकका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् । प्रतिनिधिसभामा निर्वाचित भएपछि बुटवलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले नेकपा एमालेले स्पष्ट बहुमत प्राप्त गर्न नसकेको र त्यसको बदलामा अन्य कुनै दलले पनि स्पष्ट बहुमत नल्याउनु चिन्ताको विषय भएको उल्लेख गरे ।

मुलुकको नेतृत्वका लागि एमाले तयार रहेको बताउँदै पौडलले राष्ट्रिय आवश्यकता अनुसार गिभ एण्ड टेक गर्न सकिने बताए । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि बढाउने उल्लेख गर्दै उनले मुलुकलाई स्थिर राजनीति प्रदान गर्नका लागि एमालेको भूमिका रहने बताए ।

पौडेलले बहुमत नपाए पनि एमालेले सरकारको नेतृत्वका लागि पहल गर्ने बताए ।पौडेलले एमालेले मात्रै देशलाई सही ढंगले अघि बढाउन सक्ने दाबी गरे ।

LIVE TV