११ मंसिर २०७९, आईतवार

वीरगञ्ज (पर्सा) । एल.एस.न्यूरो एण्ड जनरल हस्पिटल प्रालिले ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । बाराको परवानीपुर गाउँपालिका–५ नौतनस्थित वीरगञ्ज कलैया जाने बाटोमा रहेको यस अस्पालले स्वास्थ्य सेवा विभागको निर्देशन अनुसार यस आमा सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालनमा रहेको ‘आमा सुरक्षा’ कार्यक्रम पनि अस्पतालमा लागू गरिएको अस्पतालका प्रबन्ध निर्देशक रामप्रवेश प्रसाद कुर्मीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य सेवा विभागको मिति २०७१।०७।२५ को निर्णयानुसार यस अस्पतालले आमा सुरक्षा कार्यक्रम संचालनको स्वीकृति पाएको बताए ।

आमा सुरक्षा कार्यक्रममार्फत् निःशुल्क प्रसूति सेवा सञ्चालन गरिनेछ, जस अन्तर्गत निःशुल्क रुपमा प्रसुति सेवा प्रदान गनुको साथै शल्यक्रियाको माध्यमले जन्मिने बच्चाको पनि शुल्क नलाग्ने कुर्मीको भनाइ छ । यसका साथै आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्यविधि निर्देशिका २०७८ मा भएको व्यवस्था अनुसार अन्य सेवा पनि प्रदान गरिने उनको भनाइ छ ।

उक्त अस्पतालमा २४ औं घण्टा इमर्जेन्सी सेवा, न्यूरो सर्जरी र यूरोलोजी, स्त्री रोग तथा प्रसुति सेवा, ल्याप्रोस्कोपी सर्जरी, इन्डो यूरोलोजी, जेनरल सर्जरी, मुटु रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग, हाडजोर्नी तथा नशा रोग, दांत तथा गिजा सम्बन्धि रोग, दुखाई व्यवस्थापन, जेनरल फिजिसियन एण्ड एण्डोक्रीनोलोजिस्ट, नाक, कान र घाटी सम्बन्धित रोग, इन्डोस्कोपी, फिजियोथेरेपी, डिजिटल एक्सरे नाक, कान र घाटी सम्बन्धि रोग, आईसीयू, तथा भेनटिलेटर, नवजात एन. आईसीयू तथा भेन्टिलेटर सेवा, अल्ट्रासाउन्ड भिडियो एक्सरे, इकोकार्डियोग्राफी प्रयोगशाला तथा पैथोलोजी टीएमटी हल्टर एबीपीएम डायलसिस सहितको विभिन्न किसिमको स्वास्थ्य सेवा तथा उपाचारहरु हुँदै आएको छ ।

LIVE TV