११ मंसिर २०७९, आईतवार

भक्तपुर । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ ।

प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौंथो ठूलो दल बनेको छ । त्यसैगरी नेकपा (एमाले) दोस्रो ठूलो दल बन्दा नेपाली कांग्रेस भने तेस्रो ठूलो दल बनेका छन् ।

प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा नेमकिपाले १ नं। क्षेत्रबाट ३२ हजार ९०४ र क्षेत्र नं २ बाट सात हजार ८६३ मत प्राप्त गर्दै कुल ४० हजार ७६७ मतका साथ पहिलो दल बनेको हो । नेमकिपाले क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा १ (२)को सदस्यमा विजय हासिल गरेको थियो ।

यस्तै प्रदेशसभामा एक सदस्य जितेको नेकपा(एमाले)ले समानुपातिकतर्फ २६ हजार ७० मत प्राप्त गरेको छ ।

एमालेले क्षेत्र नं १ बाट आठ हजार १९४ र क्षेत्र नं २ बाट १७ हजार ८७६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले बताउनुभयो ।

त्यसैगरी नेपाली कांग्रेसले २३ हजार ७६९ र रास्वपाले २३ हजार ६ मत ल्याई क्रमशः तेस्रो र चौंथो दल बनेका छन् ।

कांग्रेसले क्षेत्र नं। १ बाट आठ हजार ८७५ र क्षेत्र नं २ बाट १४ हजार ८९४ मत प्राप्त गरेको बिसीले जानकारी दिनुभयो । रास्वपाले क्षेत्र नं। १ बाट ११ हजार ११० र क्षेत्र नं २ बाट ११ हजार ८९६ मत प्राप्त गरेको छ ।

यस्तै राप्रपाले ११ हजार ३९२ मत प्राप्त गरेको छ । राप्रपाले क्षेत्र नं १ बाट पाँच हजार ९०३ र क्षेत्र नं २ बाट पाँच हजार ४८९ मत प्राप्त गरेको छ ।

नेकपा (माओवादी केन्द्र)ले क्षेत्र नं १ बाट एक हजार ३६७ र क्षेत्र नं २ बाट पाँच हजार ४८९ सहित कुल ४ हजार ९८ मत प्राप्त गरेको छ भने नेकपा (एकिकृत समाजवादी)ले दुई हजार १५२ मत प्राप्त गरेको छ

LIVE TV