१० मंसिर २०७९, शनिबार

काठमाडौं । मोरङको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका डिगबहादुर लिम्बु निर्वाचित भएका छन् । नेकपा (एमाले)का उम्मेदवार घनश्याम खतिवडालाई ४ सय ३० मतान्तरले पराजित गर्दै डिगबहादुर लिम्बू विजयी भएका हुन् ।

डिगबहादुर लिम्बूले २७ हजार २९७ मत प्राप्त गरेर विजयी भएका हुन् । एमालेका खतिवडाले भने २६ हजार ८६७ मत प्राप्त गरे । योसँगै मोरङका ६ वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनीक भएको छ ।

यहाँको क्षेत्र नम्बर १ मा कांग्रेसका लिम्बु सहित ३ मा सुनिल शर्मा र ६ मा डा. शेखर कोइराला विजयी हुँदा क्षेत्र नम्बर २ मा एमालेका ऋषिकेश पोखरेल, क्षेत्र नम्बर ४ मा माओवादी केन्द्र अमनलाल मोदी र ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन् ।

LIVE TV