१० मंसिर २०७९, शनिबार

जनकपुरधाम । धनुषा–१ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका दीपक कार्की निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई हराउँदै कार्की निर्वाचित भएका हुन् । दुईबीचको मतान्तर ५ हजार ४८ रहेको छ ।

विजयी कार्कीले २७ हजार ४३१ मत ल्याउँदा यादवले २१ हजार ४८३ मत लाए । ०७४ को निर्वाचनमा मातृकाले कार्कीलाई पराजित गर्दै सांसद बनेका थिए ।

LIVE TV