१० मंसिर २०७९, शनिबार
  • इन्दिरा चाम्लिङ,

काजाब्लांका क्यासेल्लो (बेल्जियम) । बागलुड समाज बेल्जियमले यसै हप्तामा नेपालका ख्यातिप्राप्त गजल गायक थानेश्वर गौतम साँझ सम्पन्न गरेको छ । गायक गौतमको प्रस्तुतिमा आयोजना गरिएको परोपकारी साँस्कृतिक साँझमा बेल्जियमबासी नेपालीको सौहार्दपूर्ण सहभागितामा भव्यताका साथ सम्पन्न गरिएको हो ।

कार्यक्रमलाई सफल तुल्याउनका लागि बेनेलक्स र युरेपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारी, एनआरएन केन्द्रीय सचिव गँगाधर गौतम, केन्द्रीय सदस्य गँगा शर्मा, एनआरएन बेल्जियम अध्यक्ष खडक बहादुर केसीलगायत यहाँका विभिन्न नेपाली संघसंस्था तथा कार्यक्रममा सहभागी भई प्रत्यक्ष–प्रत्यक्ष सहयोग गर्ने सबैलाई बागलुङ समाज बेल्जियमले आभार ब्यक्त गरेको छ ।

बेल्जियमको लुभेन शहरमा सम्पन्न सांस्कृतिक साँझको अध्यक्षता समाजका अध्यक्ष महेन्द्र पन्तले गरेका थिए । संयोजक हरि रोका रहेको कार्यक्रमलाई महासचिव प्रभात पौडेलले संयोजन तथा सञ्चालन गरेका थिए । कार्यक्रममा चर्चित गायक गौतमले झण्डै चार घण्टासम्म स्थानीय नेपालीलाई नेपाली संगीत पस्किएर भरपुर मनोरन्जन दिएका थिए ।

LIVE TV