१० मंसिर २०७९, शनिबार

काठमाडौं । बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आउनुभएको छ । उहाँ शुक्रबार साँझ नेपाल आइपुग्नुभएको हो ।

आज हुने एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उहाँ नेपाल आउनुभएको हो ।

गायक झाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाल आउँदा खुसी लाग्ने बताउनुभयो ।

“दुई दिनका लागि नेपाल आएको छु । यद्यपि छिटै पुनःनेपाल आउने योजना बनाइरहेको छु । नेपाल घुमघाम गर्न मन पर्छ”, गायक झाले भन्नुभयो, “आउँदो जनवरीमा नेपाली गीत सार्वजनिक गर्दैछु । यो मैले तयार पारेको पहिलो नेपाली गीत हो । यसले नेपालसँगको सामीप्यता थप बढाउने विश्वास छ ।”

उहाँले नेपाली राम्रोसँग बुझे तापनि बोल्न भने केही समस्या हुने गरेको बताउनुभयो । उहाँको आगमनले पर्यटन प्रवद्धनमा समेत टेवा पुग्ने विश्वास आयोजकको छ ।

गायक झा चर्चित नेपाली मुलका भारतीय गायक उदित नारायण झाका छोरा हुन् ।

सारेगमापा,ए क्स फ्याक्टर र खतरा खतरा खतरा, इन्डियन आइडल जस्ता शो होस्ट गरेर चर्चामा आएका आदित्यले नेपाली गीत सङ्गीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकका रुपमा डेब्यु गर्नुभएको थियो ।

LIVE TV