८ मंसिर २०७९, बिहीबार
  • रितीक अधिकारी,

सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार डा. अमरेश कुमार सिंह विजयी भएका छन् । नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका सिंहले २० हजार १७ मत ल्याई जीत निकालेका मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

सर्लाही क्षेत्र नम्बर ४ कै निवर्तमान प्रतिनिधि सभा सदस्य समेत रहेका सिंहले निकट्तम प्रतिष्पर्धी नेपाली कांग्रेसका नागेन्द्र रायलाई १ हजार ७ सय ६५ मतान्तरका साथ पराजीत गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रायले १८ हजार २ सय ५२ मत ल्याएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिंहले स्वतन्त्रबाट माछा चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका थिए । उनीसँग अर्की स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६ सय २२ मत ल्याएकी जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसको विधि विधान अनुसार उम्मेदवार बन्न अयोग्य रहेको बताईएका सिंहले स्वतन्त्रबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिई पुनः विजयी भएका हुन् ।

LIVE TV